सामसुङले ग्यालेक्सी एस-११ स्मार्टफोन सार्वजनिक गर्दै

Posted on: 12 Dec, 2019

मंसिर २६, एजेन्सी | सामसुङले ग्यालेक्सी एस ११ बजारमा ल्याउने तयारी गरेको छ | कम्पनीका अनुसार सामसुङले आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोनसमेत ल्याउन् लागेको हो | आगामी फेब्रुअरी १८ मा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लञ्च तयारी गरेकोछ |

त्यो दिन नै सामसुङले आफ्नो फ्लागसीप डिभाइस ग्यालेक्सी एस-११ पनि लञ्च गर्ने बताएको छ | दक्षिण कोरियाली कम्पनी सामसुङले बर्सेनि आफ्नो फ्लागसीप एस सिरिजका नयाँ संस्करण मोबाइल वर्ल्ड कंग्रेस ट्रेड शोका क्रममा सार्वजनिक गर्ने गरेको छ | गत फेब्रुअरी २० मा सामसुङले आफ्नो ग्यालेक्सी एस १० स्मार्टफोन लञ्च गरेको थियो भने त्यसलाई मोबाइल वर्ल्ड कंग्रेसमा प्रस्तुत गरेको थियो | ग्यालेक्सी एस १० सिरिजसँगै कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड पनि घोषणा गरेको थियो |

 सामसुङले बताए अनुसार ग्यालेक्सी एस ११ सिरिजका तीनवटा मोडेल बजारमा आउने छन् | जसको नाम ‘ग्यालेक्सी बड्स प्लस’ हुन सक्नेछ | एस ११ प्लस मोडेलको स्मार्टफोन ६.९ इन्चको डिस्प्लेयुक्त हुनेछ भने त्यसमा केवल फाइभ जी कनेक्टिभिटी रहनेछ |

सामसुङले ग्यालेक्सी एस ११ को १०८ मेगा पिक्सेलको क्यामरा हुनेछ, ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्रीसमेत हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!