हुवावे बिरुद्ध अमेरिकाको नयाँ नीति, हुवावेले हाल्यो मुद्दा

Posted on: 06 Dec, 2019

मंसिर २०, एजेन्सी | स्मार्ट फोन निर्माता चिनियाँ कम्पनी हुवावेले अमेरिका बिरुद्ध मुद्दा हालेको छ | सिएनएनका अनुसार हुवावेले आफ्ना उपकरणको बिक्रीवितरणमा अमेरिकाले कडाइ गरेको भन्दै न्यू ओर्लियान्समा मुद्दा हालेको हो |

अमेरिकाले हुवावेका उपकरणमार्फत् जासुसी भएको भन्दै नयाँ नीति ल्याएर हुवावेमाथि अझै कडाइ गरेको छ | संसारकै ठूलो टेलिकम्युनिकेसन उपकरण निर्माता कम्पनी हुवावे वे स्मार्टफोनको बजारमा पनि अग्र स्थानमा छ | तर अमेरिकाको कडाइका कारण बजारमा धेरै असर परेको छ | गुगल, इन्टेल लगायत अमेरिकी कम्पनीले साथ नदिने भएपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउँदै छ |अमेरिकी नागरिकले सरकारी अनुदान लिएर हुवावेका कुनै पनि उपकरण किन्न पाउने छैनन् | बजारमा रोक लगाएको भन्दै हुवावेले मुद्दा हालेको हो |

हुवावेका प्रमुख कानुनी अधिकृत सङ लुइपिङले बिहीबार पत्रकार सम्मेलनमा अमेरिकी आयोगका अध्यक्ष अजित पाइले हुवावेलाई चिनियाँ कम्पनी भएकाले लक्षित गरेको आरोप लगाएका छन् | हुवावेले आयोगको नयाँ नीति गैरकानुनी भएको र हुवावेले अमेरिकाको सुरक्षामा असर पारेको भन्ने कुरामा कुनै प्रमाण नरहेको हुवावेको दाबि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!