विश्व स्मार्टफोन बजारमा टप ब्राण्डका मोबाइल यी हुन्, आइफोन कुन स्थानमा छ ?

Posted on: 04 Dec, 2019

मंसिर १८,एजेन्सी | विश्वमा हाल धेरै वटा  ब्राण्डका मोबाइलहरु आइसकेका छन् | दक्षिण कोरियाली स्मार्टफोन ब्राण्ड सामसुङले विश्वबजारमा आफ्नो अस्तित्व कायमै राखेको छ | विश्व बजारमा स्मार्ट फोन सबै भन्दा लोकप्रिय रहेको छ |

हाल विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा २१ प्रतिशत रहेको छ | त्यस्तै चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले विश्व बजारमा दोश्रो लोकप्रियता कमाउन सफल भएको छ |  अमेरिकी कम्पनी एप्पल विश्व स्मार्टफोन बजारमा तेश्रो स्थानमा कायम छ | विश्व स्मार्टफोन बजारमा एप्पलको हिस्सा १२ प्रतिशत रहेको छ |

तीनवटा ब्राण्ड, सामसुङ, हुवावे र एप्पलले विश्व स्मार्टफोन बजारको समग्रमा झण्डै आधा हिस्सा ओगटेका छन् | विश्व बजारमा ओप्पो चौथो स्थानमा छ भने शाओमी पाँचौ स्थानमा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!