शाओमीको नोट ८ र नोट ८ प्रो सार्वजनिक,यस्तो छ मूल्य र फिचर्स

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौं | शाओमीको नोट ८ र नोट ८ प्रो बुधबार सार्वजनिक भएका छन् | रेडमी नोट ८ प्रो मा ६४ एमपी क्वाड क्यामेरा रहेको छ | जसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ | पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ | 

यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउँछ | यसमा ४५०० एमएएच ब्याट्री क्षमता रहेको छ | साथै १८ वाट्ट फास्ट चार्जिङको सुविधा पनि रहेको छ |

रेडमी नोट ८जसको ४८ एमपी क्वाड अल राउन्डर रहेको छ | ६.३ इन्च डट नोच डिस्प्ले रहेको छ | रेडमी नोट ८ एक फोटोग्राफी पावरहाउस हो जसको रियरमा क्वाड क्यामेरा सेटअप छ | क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लायटफर्मले पावर इफिशेनसी कायम गर्दै उत्कृष्ट प्रर्फमेन्श प्रदर्शन गर्दछ जसमा ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ रहेको छ ।

रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमश रु १८,९९९ मा रु २३,९९९ मा उपलब्ध हुनेछ  यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन्।

रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा रु २६,९९९, रु २९,९९९ र रु ३२,९९९ मा क्रमश उपलब्ध हुनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!