नेपाली बजारमा आइफोन इलाभेन आउँदै, यस्तो छ मूल्य र फिचर्स

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौँ | नेपालमा जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ |  आइफोन इलाभेन ६४ जिवीको १ लाख १० हजार ५ सय, १२८ जिबीको १ लाख १८ हजार ३ सय र २५६ जिवीको १ लाख ३४ हजार तोकिएको छ |


त्यस्तै इलाभेन प्रो ६४ जिवीको १ लाख ५७ हजार २ सय ५०, २५६ जिवीको १ लाख ८० हजार ९ सय, र ५१२ जिवीको १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ | ११ प्रो म्याक्स ६४ जिवीको १ लाख ७२ हजार ८ सय, २५६ जिवीको १ लाख ९६ हजार ६ र ५१२ जिवीको २ लाख २७ हजार ४ सय रुपैयाँ तोकिएको छ |


आधिकारिक, वारेन्टी भएको फोन जहाँ पायो त्यहाँ नकिन्न जेनेरेसन नेक्स्टले सबैसँग आग्रह गरेको छ | तपाईँ किन्नु भएको आइफोन बैध हो कि अवैध तरिकाबाट ल्याइएको हो जेनेरेसन नेक्स्टको वेभसाइटमा गएर आइएमइआइ नम्बर हालेर हेर्न सकिने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!