रेड्मी सिरिजको नयाँ स्मार्टफोन आउँदै, यस्तो छ मूल्य र फिचर्स

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | चिनियाँ ब्राण्ड साओमी नेपालले रेड्मी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने भएको छ | ती रेड्मी ८ र ८ए हुन्। कम्पनीका अनुसार यी फोन सोमबार सार्वजनिक हुनेछ | फोनमा ग्राहकलाई फोटो खिच्न र गेम खेल्न आनन्द हुने ६.२२ इञ्चको डिस्प्ले जडान गरिएको छ |

डिस्प्लेमा कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ | उत्कृष्ट फोटोग्राफीका लागि फोनमा सोनी आईएमएक्स३६३ सेन्सर जडान गरिएको क्यामरा राखिएको छ। त्यस्तै, स्न्यापड्रयागन ४३९ प्रोसेर जडान गरिएको कम्पनीले बताएको छ |

फोनमा सामान्यतया २ देखि ३ दिनसम्म चल्ने ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। साथमा फास्ट चार्जको सुविधा रहेको कम्पनीले बताएको छ। यसका साथै फोनमा नवप्रवर्तक फिचर समावेश गरिएको छ।कम्पनीकाअनुसार फोन ग्राहकको ध्यान खिच्ने गरि आकर्षक मूल्यमा उपलब्ध गराइने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!