हुवावेको आम्दानीमा २३ प्रतिशतले वृद्धि, अमेरिकी प्रतिबन्धको कुनै प्रभाव परेन

Posted on: 31 Jul, 2019

 साउन १५, काठमाडौँ  | चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अमेरिकाले लगाएको प्रतिबन्धले  हुवावेलाई कुनै प्रभाव  परेको छैन  |  मंगलबार सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले बृदि भएको हो |

यही वर्षदेखि त्रैमासिक आर्थिक विवरण सार्वजनिक गर्न थालेको हुवावेका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा कम्पनीले ४ खर्ब १ अर्ब ३० करोड युआन अर्थात् ५८ अर्ब २८ करोड अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ । सन् २०१८ को पहिलो अर्धवार्षिकमा हुवावेले ३ खर्ब २५ अर्ब ७० करोड आम्दानी गरेको थियो । त्यस्तै यो वर्षको प्रथम अर्धवार्षिकमा हुवावेका ११ करोड ८० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी  हो ।

गत मे महिनामा  अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेसँगै हुवावेको आपूर्ति श्रृंखलामा उल्लेख्य रुपमा अवरोध आएको थियो । चीनले हुवावेका उपकरणलाई अन्य देशको जासुसीका लागि प्रयोग गरिरहेको हुनसक्ने र जसले गर्दा आफ्नो राष्ट्रिय सुरक्षामा खतरा हुने गरेको आरोप अमेरिकाले लगाउने गरेकोभएपनि हुवावेले यस्तो आरोप द्विकारेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!