एजेन्सी | अनलाइन भिडियोका कारण कार्बन उत्सर्जनहुने गरेको पाइएको छ | अन्तराष्टिय अध्यन अनुसार मानिसले अनलाइन भिडियो हेर्दा कार्बन उत्सर्जन हुने पाइएको हो | पछिल्लो पटक थिंक ट्याङ्कले अनलाइन भिडियोका कारण हुने कार्बन उत्सर्जनको प्रक्षेपण गरेको छ ।
यसका लागि शोधकर्ताहरुले फोन तथा टेलिभिजनदेखि अन्य खाले डिजिटल डिभाइससम्म भिडियो डाटा पुर्याउन खर्च हुने बिजुलीको परिमाणको आँकलन गरेका थिए र त्यस पश्चात् कूल उत्सर्जन अनुमान गर्नका लागि विद्युत उत्पादनबाट हुने कार्बन उत्सर्जनको विश्वव्यापी औसत निकालेका थिए |
उक्त अनुसन्धान अनुसार हरेक बर्ष डिजिटल प्रविधिका कारण विश्वमा ऊर्जाको खपतमा वार्षिक ९ प्रतिशतले वृद्धि भैरहेको छ र विश्वमा हुने डाटा फ्लोको ६० प्रशित अनलाइन भिडियोमार्फत आउँदछ ।
हाई क्वालिटी भिडियोका कारण कार्बन उत्सर्जनमा झनै बढोत्तरी हुनेगरेको पाइएको छ त्यस्तै न्ययनभि क्तबमष्ब जस्ता गेम स्टि्रमिङ्ग सर्भिसले पनि कार्बन उत्सर्जनको अवस्थालाई झनै खराब बनाउने खतरा छ |
यस्तो समस्यालाई समाधान गर्नकालागी अर्थात द शिफ्ट प्रोजेक्टले कार्बन उत्सर्जन कम गर्नका लागि अन्तराष्टिय अध्यन कर्ताहरुले केही सुझाव पनि दिएका छन् | यसका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको अनलाइन भिडियोहरुको अटो प्लेलाई बन्द गर्नु हो । साथै आवश्यकता पर्दा मात्रै एचडी क्वालिटीमा भिडियो खोल्न अनुरोध गरिएको छ |
अहिले केही डिभाइसहरु यस्ता छन् कि जसमा मानिसको आवश्यकताभन्दा पनि हाई रिजोलुसन डिस्प्ले हुन्छ । त्यसैले आवश्यकता पर्दा मात्रै उच्च रिजोलुसनमा भिडियो स्टि्रमिङ्ग गर्ने गर्नुपर्दछ ।
अन्तराष्टिय अध्यन कर्ताहरु भन्छन्, ‘जलवायु परिवर्तन तथा पृथ्वीको सीमालाई हेरेर पोर्न, टेलिमेडिसिन, नेटफि्लक्स तथा इमेलको पक्ष विपक्षमा बाँडिन खोजेको होइन । तर अनावश्यक चिजहरुको अधिक प्रयोगलाई कम गरेर अन्य आवश्यक चिजहरुलाई कसरी बचाउने भन्ने चुनौति चाहिँ हाम्रो सामु अवश्य रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!