अन्लाइनमा पोर्न सामाग्रीहरु हेर्नु विश्वकै लागि खतरा !

Posted on: 30 Jul, 2019

एजेन्सी  | विश्वभरि अनलाइनमा हुने पोनोग्राफीको स्टि्रमिङ्गका कारण देश बेल्जियमले उत्सर्जन गर्ने बराबरको कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन हुने गरेको पाइएको छ | अनलाइनमा पोर्न सामाग्रीहरु हेर्नु पृथ्वीको लागि ठूलो खतरा बनेको छ । 

एउटा अन्तराष्टिय अध्ययनले सार्वजनिक गरेको प्रोजेक्ट अनुसार बेल्जियमले जति मात्रामा कार्बन डाइअक्साइड उत्पादन गर्दछ, विश्वभर हुने पोनोग्राफी स्ट्रिमिङ्गबाट पनि त्यति नै मात्रामा पोनोग्राफीको उत्सर्जन हुने गरेको छ |

यो वर्षको सुरुवातमा अन्तराष्टिय अध्ययनले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व कार्वन उत्सर्जनको ४ प्रतिशत हिस्सा डिजिटल टेक्नोलोजीले ओगटेको जनाएको थियो । यो दर सन् २०२५ सम्ममा वृद्धि भई ८ प्रतिशत पुग्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!