नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

Posted on: 28 Jul, 2019

साउन १२, काठमाडौं । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए । 

राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी कपलवस्तुतको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमामा केही दिन काम गरे ।

एजेन्टले भनेअुसार तलब पाइनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मा¥यो, उनी छाँगाबाट खसेझै भए । 

कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगीएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् । 

छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा एमस्टेप प्रोग्रेसिव प्रालिले सञ्चालन गरेको नेटवर्किङ व्यावसायमार्फत धेरै नेपाली ठगीएका हुन् ।

प्रारम्भिक रुपमा उनीहरुबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा मनोज पौडेलले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!