अपराधीको अनुहार देखेर झुट पक्रिने एआई सिस्टम, ब्रिटेन र भारतमा परिक्षण हुँदै

Posted on: 02 Jul, 2019

असार १७, काठमाडौँ | सोधपुछको क्रममा अपराधीले झुट बोल्दैछ वा साचो ? अब एक प्रविधिले अनुहारको भावकै आधारमा बताईदिनेछ । लन्डनको स्टार्टअप फेससफ्टले आर्टिफिशियल इन्टेलीजेन्समार्फत यस्तो सिस्टम तयार गरेको छ कि जो मानिसको अनुहारको इमोसनलाई पढेर साचो/झुटो पत्ता लगाउन सक्छ । यसको परिक्षण छिट्टै ब्रिटेन र भारतमा मुम्बई प्रहरीले गर्ने भएको छ । जुन एआई सिस्टममा ३० करोडभन्दा बढी अनुहारको भाव समावेश गरिएको छ । 

स्टार्टअप फर्म फेससफ्टको अनुसार, तपाइको दिमागमा के चलिरहेको छ भन्ने जानकारी अनुहारको माइक्रो एक्सप्रेशनमार्फत थाहा हुन्छ । मनोवैज्ञानिकहरुले १९६० मा पहिलो पटक यसको पत्ता लगाएका थिए । मनोवैज्ञानिकले पहिलो पटक यसलाई आत्महत्या गर्ने कोशिश गर्ने मानिसमा हेरेका थिए । जो प्राय दिमागमा चल्दै गरेको नकारात्मक विचारलाई लुकाई रहेका थिए । 

फेससफ्टका संस्थापक डा. पोनिआहको अनुसार यदी कोहि मानिस जबरजस्ती हाँस्छ, तब त्यो भाव उसको आँखामा देख्न सकिन्न । यो एक तरिकाको माइक्रो एक्सप्रेशन हो । रिसर्चमा इम्पीरियल कलेज लन्डनका एआई एक्सपर्ट स्टेफिनोजका अनुसार, पूछताछको क्रममा अपराधीको अनुहारमा देखिने अस्वाभाविक भावलाई रेकर्ड गरिन्छ । त्यसपछि मनोवैज्ञानिकले त्यसको विश्लेषण गर्छन् । 

एआई सिस्टममा एल्गोरिदम डाटाबेसका साथै ३० करोडभन्दा बढी मानिसको अनुहारको भाव स्टोर गरिएको छ । यसमा हरेक उमेर वर्ग र जेन्डरको तस्वीरहरु समावेश गरिएको छ । यसमा खुशी, डर, आश्चर्य जस्ता इमोशन्स छन् । एआई सिस्टमले अनुहार हेरेकै भरमा अनुहारमा कम वा बढी कुन भाव देखाईरहेको छ भन्ने जानकारी दिन्छ ।

एआई एक्सपर्टका अनुसार, फेशियल रिकग्निशनको प्रयोग मानिसको सुरक्षा र देशको विकासमा गरिनेछ । यसको मद्धतले भीडको बिचमा पनि अनौठो भाव प्रकट गर्ने मानिसलाई चिन्न सकिन्छ । यूके र मुम्बई प्रहरीले छिट्टै कैदिहरुमा यो प्रविधिको प्रयोग गर्ने भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!