नवलपरासीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, २१ जना घाइते

Posted on: 30 May, 2019

जेठ १६, रुपन्देही  ।  आज दिउँसो नवलपरासीको  देवचुलीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना भन्दा बढी घाईते भएका छन् ।

उक्त दुर्घटनामा परि गम्भिर घाइते  २ जना महिलाको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । मृतकहरुको सनाखत भएको छैन ।

प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ । देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!