नरहरीनाथमा ५ दिनदेखि मोवाईल सेवा अवरुद्ध

Posted on: 19 May, 2019

जेठ ५, कालिकोट | कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ५ दिनदेखि सञ्चार सम्पर्कविहीन बनेको छ । नरहरीनाथ गाउँपालिका ८ लालुमा रहेको मोवाइल टावरमा खरावी आएपछि जेठ १ गतेदेखि यहाँको सञ्चार सम्पर्क बिच्छेद भएको हो । ५ दिनसम्म टावर विग्रदा पनि गाउँपालिकाले चासो नदेखाएको स्थानीयले देखेसो पोखेका छन् ।

लालुको टावरमा लामो समयदेखि समस्याका कारण पश्चिम कालीकोटका बासिन्दाले सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै नरहरिनाथ गाउँपालिका पूर्णरुपमा प्रभावित भएको छ । नरहरिनाथ गाउँपालिकाको कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सामा पुरै सेवा अवरुद्ध छ । जेठ १ गते परेको परेको चट्याङका कारण सिष्टम जलेको हुनसक्ने स्थानीय नागरिकले अनुमान गरेका छन् ।

मोवाइल सेवा अवरुद्ध हुँदा स्थानीय अत्यावश्यक सेवाका लागिसमेत घण्टाँै हिँडेर फोन गर्न बाध्य भएको स्थानीय परेक दर्जीले बताए । ‘मोवाइल टावर बिग्रेको ५ दिन भै सक्यौ ममैतका कसैले चासो दिएका छैनन्’ उनले भने । फोन गर्नकै लागि एक घण्डा हिँडेर कोटवाडा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । नरहरिनाथ गाउँपालिका वडा नं १ र २ का स्थानीय युवा फोन गर्नका लागि धारीको डाँडामा साँझ भेला हुने गरेका छन् ।

गाउँपालिकामा रहेको टावर खरावी भएकाले उनीहरुले बेलुकाको समयमा आफन्तलाई फोन गर्नका लागी २ घण्टाको पैदल हिडेर धारीको डाँडामा जाने गरेको संगीन भण्डाराले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!