भायनेटको नयाँ अफर: क्रिकेट वल्र्डकप मेनिया, ४३ इन्चको टि.भि जित्ने मौका

Posted on: 19 May, 2019

जेठ ५, काठमाडौं | नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट क्रिकेट वल्र्ड कप मेनिया” नामक नयाँ अफर ल्याएको छ । 

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टि.भिको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नुहुनेछ । इन्टरनेट र टि.भि. को वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत रु. ६००० क्यास ब्याक र ४३ इन्चको एल जि स्मार्ट एलईडी टि.भि जित्ने मौका प्राप्त गर्न सक्नुहुनेछ ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल विरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भि सेवा सुचारु गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!