एनसेलका प्रबन्धक सञ्चालकको राजीनामा

Posted on: 14 May, 2019

वैशाख ३१, काठमाडौं | निजी दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले राजीनामा दिएका छन् । उनको राजीनामा वैशाख २७ गते स्वीकृत भएको हो । 

एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो । पारिवारिक कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!