भविष्यमा प्लेनलाई कुनै विमानस्थल नचाहिने !

Posted on: 19 Apr, 2019

काठमाडौं । ‘टिल्ट–रोटोर’वायुयान हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । यसलाई शक्ति राष्ट्रका सेनाले लामो समयदेखि उडाइरहेका छन् ।

अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने भएको छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय उडानका लागि प्रयोगमा जोड दिइनेछ ।

रिपोर्टअनुसार अर्बपति र पूर्वन्युयोर्क मेयर माइकल ब्लुमबर्गले एउटा अडर गरिसकेका छन् । ब्लुमबर्गजस्ता व्यवसायीहरूले ‘टिल्ट–रोटर’लाई आफ्ना घर नजिक राख्न सामर्थ छन् । यसको उडान गति ३०० माइल प्रतिघण्टा हुनेछ । यस यानलाई कुनै पनि हेलिप्याडमा अवतरण गर्न सकिन्छ ।


यसका लागि कुनै विमानस्थल आवश्यकता पर्दैन ।

‘टिल्ट–रोटर्स’ले अङ्ग प्रत्यारोपण प्रक्रियामा महत्त्वपूर्ण समय बचाउन सक्छ ।

उदाहरणका लागि उनीहरूले दाताहरूको मुटु अस्पतालको हेलिप्याडबाट लिन सक्छन् र तत्कालै १००० माइल दूरीमा रहेका अर्को अस्पतालमा ओराल्न सक्छ । यसले गर्दा विमानस्थललाई पूर्णत बेवास्ता गर्न सकिन्छ ।

खोज र बचाउन अभियानमा उपयोगी । न्यून–उचाइमा उड्ने खोज विमान जमिनमा रहेको मानिसहरूलाई त पहिचान गर्न सक्छ तर ती मानिसलाई सुरक्षित स्थानमा लानका लागि भने पुनः हेलिकप्टर नै पठाउनुपर्छ ।

तर अब ‘टिल्ट रोटर’ हवाइजहाजले समय मात्र होइन मानिसहरूको ज्यान पनि बचाउनेछ । यसले गर्दा लामो दूरीको खोज अभियान र त्यसपछि जमिनमा मानिसलाई उडेर मासिनहरूलाई आश्रय दिनेछ ।

विश्वको पहिलो आम प्रयोगका लागि निर्माण हुने टिल्ट–रोटोर हवाइजहाज इटालियन विशाल हवाई निर्माण कम्पनी लियोनार्दोले अमेरिकामा निर्माण गर्दैछ ।

कम्पनीले आफूले निर्माण गर्ने पहिलो एडब्लू–६०९ उत्पादन नमुना, यो हप्ता उसको फिलाडेल्फियामा रहेको कम्पनीमा निर्माण सुरु गर्ने बताएको छ ।

यदि सबै योजना अनुरूप अघि बढ्यो भने एडब्लू–६०९ ले यस वर्षको अन्त्यसम्म सङ्घीय उड्डयन प्रशासन प्रमाणपत्र पाउनेछ र सन् २०२० को कुनै समय सेवा प्रवेश गर्नेछ ।

नौ यात्रु र दुई क्रु सदस्य अट्ने यस विमानमा दुई पङ्खाको कुनामा ‘टर्बोप्रोप प्रोलर’ जडान गरिएको छ । यसैले यसलाई यो जहाज र विमानको उडान भराउन सक्षम बनाउँछ ।

सैन्य वायु यान ‘ओस्प्रे’भन्दा के कुरामा फरक

पेन्टागनको स्वामित्वमा रहेको ‘भी–२२ ओस्प्रे’भन्दा अलग रहेको विश्वको पहिलो टिल्ट–रोटर जहाज एडब्लू–६०९ मा प्रेसरयुक्त क्याबिन छ । यो २५ हजार फिटसम्म उड्न सक्छ । यो उचाइमा वायुमण्डलमा जलवायु परिवर्तन हुँदैन । यसले गर्दा विमान आरामसँग उड्छ । 

ओस्प्रेजस्तै एडब्लू–६०९ पनि विकासको क्रममा विभिन्न दुर्घटनामा पर्यो । ओस्प्रेको कुरा गर्ने हो भने सन् १९९२ र सन् २००० मा भएको प्राणघातक दुर्घटनापछि उसको प्रतिष्ठामा नै आघात पुगेको थियो ।

सन् २०१५ मा एडब्लू–६०९ प्रोटोटाइप पनि परीक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको ज्यान गएको थियो ।

“नियामकहरूले यी विमानको विकासमा आएको कठिनाइ प्रकाशमा आइरहँदा यिनमाथि नजिकबाट हेर्नेछन्,” टिल समूहमा उड्डयन उद्योग विश्लेषण गर्ने रिचर्ड अबोलाफियाले भने ।

लियोनार्दोका कार्यकारी निर्देशक कुटिलोले भने यस खालको विमानका लागि नियामक संस्थासँग समन्वय गरिरहेको बताए । एजेन्सीको सहयोगमा  

यस बिषयमा तपाइको प्रतिक्रिया...!