बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने

Posted on: 16 Apr, 2019

वैशाख ३, बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो । महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेकोे मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण विकले जानकारी दिनुभयो ।

‘सुन्दर सुदूरपश्चिमको सौन्दर्य हाम्रो सान, कृषि पर्यटन र संस्कृतिको विकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेलौली सूचना तथा सञ्चार समूह र मेलौली नगरपालिकाको आयोजनामा महोत्सव सञ्चालन हुनलागेको हो । 

स्थानीय भाषा, कला, संस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको जनाएको छ । शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, मौतका कुवा, जादुघर र सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरिनेछ ।  मेलौली भगवती मन्दिरको प्राङ्गणमा महोत्सव सञ्चालन हुनेछ ।   

मदन भण्डारी फाउण्डेशन गठन

बैतडीमा मदन भण्डारी फाउण्डेशनको जिल्ला कमिटी गठन गरिएको छ । चक्र कार्कीको अध्यक्षतामा गठन गरिएको २७ सदस्यीय कमिटीको सचिवमा सन्तोषप्रकाश जोशी, कोषाध्यक्षमा सरस्वती नेपाली तथा अन्य सदस्यहरु रहेका छन् ।

फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताइएको छ । फाउण्डेशनको जिल्ला कमिटीले आगामी जेठ ३ गते स्व नेता भण्डारीको स्मृति दिवसको अवसरमा भलिबल प्रतियोगिता गरी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको कमिटीका कोषाध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!