विश्व इतिहाँसमा पहिलो पटक ड्रोनबाट व्यवसायिक डेलीभरी सेवा शुरू, Google ले राख्यो रेकर्ड

Posted on: 12 Apr, 2019

चैत २९, काठमाडौँ | ड्रोनमार्फत  सामान डेलीभरीको प्रयासमा कयौं कम्पनी लागी परेका छन् । यसको लागि हजारौ ट्रायल पनि भईसकेका छन् । तर संसारमै पहिलो पटक व्यवसायिक ड्रोन डेलीभरी सेवा शुरू गर्ने देशको श्रेय गूगलले पाएको छ । अमेरिकी कम्पनीले अस्ट्रेलियाको राजधानीमा यस सेवाको लागि अनुमति पाएको हो । 

गूगल विङले अष्ट्रेलियाको क्यानबरामा करीब १०० घरमा ड्रोनमार्फत खाना, कफी र औषधिको डेलिभरी गर्नेछ । गूगल २०१४ देखि यसको परिक्षण गर्दै थियो । डेढ बर्षदेखि यसको ट्रायल पनि चलेको थियो । ट्रायलको क्रममा कम्पनीले ३ हजार पार्सल डेलिभरी गरेको छ ।

ट्रायलको क्रममा प्रतिक्रियाको आधारमा सुधार 

ट्रायलको क्रममा मानिसहरुके ड्रोनबाट निकै ठूलो आवाज आएको भन्दै प्रतिक्रिया दिएका थिए । सामाजिक संजालमा त्यसको बिषयमा निकै पोष्टहरु आएका थिए । त्यसपछि गूगलले धेरै सुधार गर्यो । तब यस ड्रोनलाई सेवा गर्ने अनुमति दिईएको हो ।


गूगलले भनेको छ कि 'मानिसहरुको प्रतिक्रियाको आधारमा हामीलाई धेरै सुधार गर्नमा मद्धत मिलेको छ । आशा छ कि हामी यसलाई थप राम्रो बनाउने छौं र यो सेवा ठुलो परिमाणमा अन्य शहरमा पनि शुरू हुनेछ ।' 

२०३० सम्ममा अष्ट्रेलियामा २५% डेलिभरी ड्रोनबाट हुने अनुमान 

गूगलको दावी छ कि सिर्फ क्यानबरामा मात्र नभई ड्रोनबाट डेलीभरीको सेवा ४ करोड अस्ट्रेलियन डलरको बिजनेस कम्पनीलाई दिनेछ । एक अनुमानको अनुसार २०३० सम्ममा अष्ट्रेलियामा २५% डेलिभरी ड्रोन मार्फत हुनेछ । अमेजन र अलीबाबा पनि ड्रोन डेलीभरी सेवामा काम गर्दैछन् । यी कम्पनीले ब्रिटेन, अमेरिका र चीनमा यसको कयौं ट्रायल पनि आयोजना गरिसकेका छन् । तर उनीहरुलाई आजसम्म व्यवसायिक तरिकाले सामान डेलिभरी गर्ने अनुमति दिईएको छैन ।

सडक वा भीडभाड हुने क्षेत्र माथि ड्रोन उडाउन पाइने छैन, राति अवेरसम्म डेलिभरीको काम गर्न पनि नपाउने 


- ड्रोन सडक वा भीडभाड हुने क्षेत्र माथि उडाउन पाइने छैन ।

- सोमवारदेखि शनिवारसम्म बिहान ७ बजेदेखि रातको ८ बजेसम्म सेवा उपलब्ध रहनेछ ।

- आइतवार यो सेवा बिहान ८ बजेदेखि राति ८ बजेसम्म हुनेछ ।

यसका अलावा अन्य नियम पनि बनाइएको छ... 

ड्रोनमा सामान अर्डर गर्नेको घरको ठेगाना जीपीएसमार्फत हुन्छ । ड्रोन खरीदकर्ताको गार्डन माथि गएर पार्सल झारेर फिर्ता जान्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!