सामसुङको ग्यालेक्सी A50 र A30 बजारमा, यस्ता छन् विशेषता (मुल्यसहित)

Posted on: 21 Mar, 2019

चैत ७, काठमाण्डाै । सामसुङले हालै ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५० र ए ३० बजारमा ल्याएको छ ।

यी मोडलहरुमा अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि यु डिस्प्ले आदि विशेषता रहेका छन् ।

ग्यालेक्सी ए ५० को साइज ६.४ इञ्च तथा ४ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ भने नीलो र कालो दुइ रंगमा उपलब्ध छ । यसको बजार मूल्य ३३,४९० छ ।

त्यस्तै, ए ३० को साइज पनि ६.४ इञ्च नै छ भने रातो नीलो र कालो रंगमा उपलब्ध रहेका यी सेटको मूल्य २८,४९० तोकिएको छ । चैत २ गतेबाट बजारका उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!