जीमेलमा देखियो यस्तो समस्या

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाडौं | बुधबार बिहानैदेखि जीमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जीमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् । 

प्रयोगकर्ताको जीमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । केहीबेर खुले पनि राम्रोसँग नखुल्ने, इमेल पठाउन र प्राप्त भएका इमेल हेर्न नमिल्ने समस्या देखिएको छ ।

जीमेलमा प्राप्त भएका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न नमिलेको प्रयोगकर्ताले गुनासो गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!