सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक, के-के छन् फिचर ? (हेर्नुहोस् मुल्यसहित)

Posted on: 21 Feb, 2019

फागुन ९, काठमाडौं | सामसुङले आफ्नो नया फ्लेगशीप स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सैन फ्रेसिस्कोमा आयोजित UNPACKED- 2019 कार्यक्रमकाबीच सामसुङले यो नयाँ मोडेलको स्मार्ट मोबाइल फोन लन्च गरेको हो । 


सामसुङले सबैभन्दा पहिलो पटक यो मोडिने खालको स्क्रीनको साथमा Galaxy Fold स्मार्ट फोन सार्वजनिक गरेको हो । सामसुङले नयाँ मोडेलको यो स्मार्ट फोन को  शुरुआत Galaxy Fold को साथ गरेको जनाएको छ । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ रहेको छ । सामसुङले यसको बिक्री वितरण भने आउदो अप्रिल ६ देखि गर्ने जनाएको छ । यो मोबाईल फोन कालो, सिल्भर, हरियो र निलो गरि ४ ओटा कलरमा उपलब्ध हुनेछ । जुन स्मार्टफोन 5G कनेक्टिविटीको साथमा बजारमा आउने छ ।

ग्यालेक्सी फोल्डमा ६ वटा क्यामरा – एउटा फ्रन्ट, तीनवटा ब्याक र दुई भित्रीतर्फ छ । तीनवटा रियर क्यामरामध्ये एउटा १६ मेगापिक्सल र दुई १२ मेगापिक्सलका छन् । भित्रका दुई क्यामरा १० र ८ मेगापिक्सल र फ्रन्ट क्यामरा १० मेगापिक्सलको छ ।

सामसङको फोल्डेबल फोन एन्ड्रोइड ९.० भर्सनमा चल्नेछ । यो दुई भेरियन्ट 4G LTE र 5G मा उपलब्ध हुन्छ । 

फोल्डेबल फोनमा दुई ब्याट्रि छन् । यसको कूल क्षमता 4,380mAh   हो । फोनमा १२ जीबी –याम र ५१२ जिबी इनबिल्ट स्टोरेज पाइन्छ । यसलाई बढाउनका लागि कुनै विकल्प उपलब्ध छैन ।

सामसुङका अनुसार यो स्मार्ट फोनमा Infinity Flex डिस्प्ले हुनेछ । साउंड क्वॉलिटी को लागि भने AKG ऑडियो हुनेछ । यसमा एक साथ तीन एप एकैपटक प्रयोग गर्न सकिनेछ ।  यूट्यूब भिडियो, म्यासेज र म्याप  एक साथ प्रयोग गर्न सकिनेछ । अर्कोतिर यो स्मार्ट फोनमा दुई डिस्प्लेको प्रयोग गरिएको छ जुन एकैपटक काम गर्नेछ्न ।

यसका साथै सामसङले ग्यालेक्सी एस १० सिरिजका तीन मोडल ग्यालेक्सी एस१० ई, एस १० प्लस र एस१० लञ्च गरेको छ । एस१० को फाइभजी भेरियन्ट पनि लञ्च गरेको छ ।

ग्यालेक्सी एस१० ईमा ५.८ इन्चको डिस्प्लेको साथमा स्न्यापड्र्यागन ८५५ प्रोसेसर दिइएको छ । यसको रियरमा १६+१२ मेगापिक्सलको ड्युअल क्यामरा र फ्रन्टमा १० मेगापिक्सलको क्यामरा छ । यसमा 3100mAh  को ब्याट्रि छ । यसको ६ जीबी –याम, १२८ जीबी स्टोरेज र ८ जीबी –याम, २५६ जीबी स्टोरेजका साथै दुई मोडल लञ्च गरिएको छ । यसको सुरुवाती मोडलको मूल्य ७५० डलर अर्थात् ८५ हजार रुपैयाँ छ ।

ग्यालेक्सी एस१० मा ६.१ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसको रियरमा १६+१२+१२ मेगापिक्सलको ट्रिपल क्यामरा र १० मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा 3400mAh को ब्याट्रि दिइएको छ । यसलाई १२८ जीबी र ५१२ जीबी स्टोरेजको साथमा दुई मोडलमा उतारिएको छ र दुबैमा ८ जीबीको –याम पाइन्छ । यसको सुरुवाती मोडलको मूल्य ९ सय डलर अर्थात् एक लाख बढी छ ।

ग्यालेक्सी एस१० प्लस प्रिमियम मोडल हो जसमा ६.४ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसमा पनि रियरमा १६+१२+१२ मेगापिक्सलको क्यामरा र फ्रन्टमा १०+८ मेगापिक्सलको ड्युल क्यामरा छ । यसलाई ८ जीबी –याम, ५१२ जीबी स्टोरेज र १२ जीबी –याम, १ टीबी स्टोरेजसहित दुई मोडलमा पनि उतारिएको छ जसको सुरुवाती मूल्य लगभग एक लाख १४ हजार रुपैयाँ छ । यसमा 4100mAh   को ब्याट्रि दिइएको छ । यी तीनै मोडलको स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!