फेसबुकले लन्च गर्यो 'अनसेन्ड' फीचर, यसरी गर्न सकिन्छ उपयोग

Posted on: 07 Feb, 2019

माघ २४, काठमाडौँ | सामाजिक संजाल फेसबुक (Facebook) ले आफ्नो म्यासेजिङ  एप म्यासेन्जर (Facebook Messenger) को लागि 'अनसेन्ड' (Unsend) फीचर जारी गरेको छ, जसले प्रयोगकर्तालाई च्याट लेखेको १० मिनेटभीत्र डीलेट गर्न दिने सुविधा दिएको छ | 

द वर्ज को रिपोर्ट अनुसार यो सुविधा फेसबुकको आईओएस (IOS) र एन्ड्रइड (Android) मा उपलब्ध गराइएको छ | यसका साथै म्यासेन्जरको नयाँ भर्सनमा केहि नयाँ फीचर पनि उपलब्ध गराइएको छ | कम्पनीले भनेको छ कि नयाँ क्षमता जुकरबर्ग (Mark Zuckerberg) को शक्तिमा आधारित छ, तर म्यासेन्जरमा मानिसको सुविधाको लागि केहि सुधार गरिएको छ | 

म्यासेन्जरमा आफुले लेखेको कुनै कुरा कुनै कारणले हटाउनु परेमा यो फिचर प्रयोग हुन्छ | यस अघि झुक्किएर वा कुनै कारण कसैलाई पठाइएको म्यासेज डिलेट गर्न नमिल्ने अवस्था थियो अब  भने यो नयाँ सुविधाले प्रयोगकर्तालाई कुनै कुरा लेखिसकेपछी डिलेट गर्न सुविधा मिलेको छ | यो फिचर ह्वाट्सएप (WhatsApp) को अनसेन्ड फीचर (Unsend Feature) जस्तै हो | यो सुविधाबाट  प्रयोगकर्तालाई दुई विकल्प मिल्छ | पहिलो आफुले लेखेको म्यासेज 'रिमूभ फर एभ्रिवन' (Remove For Everyone) र दोश्रो 'रिमूभ फर यू (Remove For You), यसको मतलब पहिलो बिकल्पले आफुले कसैलाई लेखेको म्यासेज आफूले हेर्न नमिल्ने बनाउन पनि सकिन्छ वा पठाइएको व्यक्ति वा सिंगो ग्रुपले समेत नहेर्न पनि मिल्छ | 


फेसबुकको स्वामित्वमा रहेको फोटो-म्यासेजिङ एप इन्स्टाग्राम (Instagram) ले पहिले देखिनै 'अनसेन्ड' क्षमताको सपोर्ट गर्दै आएको र प्रयोगकर्तालाई पर्सनल वा ग्रुप च्याटमा पठाइएको म्यासेजहरु डिलिट गर्ने सुविधा दिएको थियो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!