विदेसमा रहनेहरुलाई नेपाल टेलिकमको आकर्षक योजना सार्वजनिक

Posted on: 05 Feb, 2019

माघ २२ काठमाडौं । नेपाल टेलिकमका प्रिपेड फोन अबदेखी  विदेशमा पनि चल्ने भएको छ । टेलिकमले १५ औं वार्षिक उत्सवको उपलक्षमा आजदेखि प्रिपेड फोनमा पनि रोमिङ कलको शुरुवात गरेको हो । 

यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउँथे । प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने भएका छन् । मोवाइलमा जति ब्यालेञ्च छ सो बराबरको सेवा उपयोग गर्न पाउने गरी प्रिपेडका प्रयोगकर्तालाई रोमिङको सुविधा दिएको नेपाल टेलिकमले जनाएको छ।

पोस्टपेडका प्रयोगकर्ताले भने १० हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । नेपाल टेलिकमले सन् २००१ बाट पोस्टपेडमा रोमिङ सेवा शुरु गरेको थियो । शुरुमा ३० हजार धरौटी राख्नुपर्ने भएपनि पछिल्ला वर्षहरुमा घटाएर १० हजार बनाइएको हो ।

यो पनि हेर्नुहोस्:

नेपाल टेलिकमले ल्यायो झकास अफर, यस्ता छन् आजैबाट सुचारु हुने सुविधाहरु

यस बिषयमा तपाइको प्रतिक्रिया...!