एनसेल प्रयोग गर्नुहुन्छ ? एनसेलले ल्यायो यस्तो ‘गज्जबको डेटा प्याक’

Posted on: 04 Feb, 2019

माघ २१, काठमाडौं | एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरुमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबीसम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । 

गज्जबको डेटा प्याक सोमबार (माघ २१) बाट लागू हुने भएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक  मात्र रु १५ (रु १९.१५ कर सहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ कर सहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जिबी डेटा प्याक मात्र ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स्१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् ।

गज्जबको डेटा प्याक अन्तर्गत ल्याइएको नयाँ अल टाइम डेटा भोलुमहरुले सुलभ दरमा ग्राहकका लागि  डेटा कनेक्टिभिटी सुनिश्चत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!