आजदेखि फागुन १६ गतेसम्म, यस्ता छन् एनसेल 'भ्यालेन्टाइन अफर'

Posted on: 01 Feb, 2019

माघ १८, काठमाण्डौ | एनसेलले आन्फ्ना ग्राहकहरुका लागि युवाहरुको लागि प्रणय दिवसको अवसरमा आजदेखि ‘भ्यालेन्टाइन अफर’ सुरु गरेको छ । एनसेलले यो अफर अन्तर्गत प्रयोगकर्ताले छनोट गरेको एउटा विषेश एनसेल नम्बरमा कर सहित जम्मा ६४ पैसाप्रति मिनेटमा कुरा गर्न सक्नेछन् । 

यो अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बर छान्नुपर्नेछ र आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र फेब्रुअरी महिनाभारी (माघ १८ देखि फागुन १६ गते) सम्म कुराकानी गर्न सक्नेछन् । 

एनसेलले यो सेवा सुचारु गर्ने ग्राहकलाई १०० वटा एसएमएस समेत निःशुल्क दिनेछ । जुन एसएमएस पनि पेयर गरिएको आफूले छानेको स्पेसल नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ । 

कसरी सुचारु गर्ने ? 

यो सेवाबाट लाभ लिनको लागि एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकले *17106*98xxxxxxxx# डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै 17106 डायल गरेर पनि यो अफर सुचारु गर्न सक्नेछन् । साथै एनसेलको एपबाट पनि यो सेवा सजिलै सुचारु गर्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!