सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप

Posted on: 31 Jan, 2019

काठमाडौं | सामसुङले विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि उक्त मेमोरी तयार पारेको हो 

योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् ।

उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । यसको क्षमता यसअघिको अधिकतम क्षमतायुक्त ५१२ जीबीको चिपभन्दा दोब्बर हुनेछ ।

यो चिप भएको मोबाइलमा प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा फोर के युएचडी फम्र्याटको १० मिनेट लामो २ सय ६० वटासम्म भिडियो स्टोर गर्न सक्नेछन् । अहिलेको ६४ जीबी इन्टर्नल स्टोरेज भएको मोबाइलमा यस्तो खालका केवल १३ वटासम्म मात्र भिडियो अटाउँछन् ।

समाचार अनुसार आगामी २० फेब्रुअरीमा बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले आफ्नो नयाँ फ्लागसिप स्मार्टफोन ग्यालेक्सी १० सार्वजनिक गर्दैछ । सोही स्मार्टफोनमा १२ जिबीको र्यामका साथमा सोही १ टीवी चिपयुक्त इन्टर्नल स्टोरेज उपलब्ध गराउने अनुमान गरिएको छ । यदि यसो भएमा सामसुङको ग्यालेक्सी १० विश्वमै पहिलो स्मार्टफोन हुनेछ, जसको इन्टर्नल स्टोरज अहिलेसम्मके धेरै अर्थात् १ टेराबाइट हुनेछ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!