कतारसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा भिड्दै नेपाल

Posted on: 27 Jan, 2021

माघ १४, काठमाडौँ | नेपालले कतारसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले 'कतार डे स्पोर्ट्स' को अवसर पारी नेपाली टोली दोहा पठाउने निर्णय समेत गरिसकेको छ ।

निर्णय अनुसार नेपालले फेब्रुअरी ९, १० र १२ मा कतारसँग क्रिकेट खेल्दैछ । गत वर्ष मात्र पनि सिंगापुरमा भएको एसिया ट्वान्टी–२० छनोटमा कतारले नेपाललाई पराजित गरेको थियो । कतारसँग खेल्नु अघि नेपाली क्रिकेट टिमले बन्द प्रशिक्षण लिनेछन् । जुन फेब्रुअरी १ देखि सुरु हुनेछ । 

त्यस्तै मार्चमा नेपालले ओमान र अमेरिकासँग क्रिकेट विश्वकप लिग २ का खेलहरु खेल्दैछ ।

त्यस्तै क्यानको बोर्ड बैठकको निर्णय अनुसार जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको विजेतालाई १० लाख रुपैया पुरस्कार राशि दिने समेत घोषणा गरको छ । उपविजेताले भने ५ लाख पाउनेछन् । त्यस्तै सेमिफाइनल पुग्ने टोलीले समान ५०/५० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द सिरिज अन्तर्गत ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानहरुले समेत जनही २५/२५ हजार प्राप्त गर्नेछन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!