बिग बास लिग खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

Posted on: 15 Dec, 2020

मंसिर ३०, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा किर्केटर सन्दीप लामिछाने आज बिग बास लिग (बीबीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्नका लागि अष्ट्रेलियामा जादै छन् | उनी मंगलबार बिहान ११ बजे कतार एअरवेजबाट अष्ट्रेलिया जानलागेका हुन् |

सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट लिग खेल्दैछन् |  यसअघि दुई सिजन उनले मेलवर्न स्टार्सबाट खेलेका थिए  | अष्ट्रेलियन सरकारको नियम अनुसार विदेशबाट गएका खेलाडी त्यहाँ १४ दिन क्वारेन्टिन बस्नुपर्नेछ । सन्दीपले पनि त्यो नियम पालना गर्नुपर्नेछ र त्यसपछि होबार्टसंग जोइन हुनेछन् |

अष्ट्रेलियामा बिग बास लिग यसअघि नै सुरु भइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!