लेगस्पिनर सन्दीप लामिछाने कोरोनामुक्त

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् | सन्दीपले बुधबार कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् |

उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए | १० दिन को आइसोलेसन बसाइपछिकोरोना मुक्त भएको जनाएका छन् | उनले कोरोनामुक्त भएपछि आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। साथै सन्दीप आफू मैदानमा उत्रिन आतुर भएको पनि जनाएका छन् |

कोरोना लागेपछि सन्दीप काठमाडौंमा भइरहेको नेपाली राष्ट्रिय क्रिकेट टिम बन्द प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन् | सन्दीप केही सातापछि बिग बास लिग खेल्न अस्ट्रेलिया जानेछन्। सन्दीपले यो सिजनको बिग बासमा होबर्ट हुरिकेन्सबाट खेल्दैछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!