नेपालको सहयोग खोज्दै कतार

Posted on: 02 Dec, 2020

मङ्सिर १७, काठमाडौं | सन् २०३० मा हुने एसियाली खेलकुदको आयोजना दाबेदारी पेस गर्न लागेको कतारले त्यसका लागि नेपालको सहयोग र समर्थन चाहेको छ । जसको लागि कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डल बुधबार नेपाल

आउदैछ । 

आज नेपाल आउन लागेको कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डलको नेतृत्व कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अबलुनैनले गर्दैछन् । नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ । उक्त कमिटीले औपचारिक रूपमा आफूहरूलाई सहयोगका लागि अनुरोध गर्नेछन् । 

सन् २०३० को एसियाली खेलकुद आयोजनाको अधिकार पाउन कतार र साउदी अरबियाबीच कडा प्रतिस्पर्धा चल्ने भएको

छ । साउदी अरबियाले पनि त्यस संस्करणको एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!