म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | फुटबलका लेजेन्ड डिएगो म्यारोडानाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको छ | ६० वर्षको उमेरमा बुधबार निधन भएका म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिनेछ | 

त्यहाँ सर्वसाधारणले तीन दिनसम्म श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन् | उनको निधनमा लियोनेल मेस्सी, रोनाल्डोलगायतका खेलाडीले म्यारोडोनालाई अन्तिम श्रद्धाञ्जली दिएका छन्। ब्राजिलका महान खेलाडी पेलेले म्यारोडोनाको निधनबाट विश्वले महान खेलाडी गुमाएको बताएको छ |

गत नोभेम्बरमा उनको मस्तिष्कबाट ब्लड क्लट निकाल्न अपरेसन गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!