आइपीएल इतिहाँसमा एकै दिन तीन सुपर ओभर, एकै खेलमा दुई पटक सुपरओभर

Posted on: 19 Oct, 2020

कात्तिक ३, काठमाडौँ | आइपीएलको जारी १३ औं सिजनमा आइतबारको दुई खेलमा तीन सुपरओभर भएको छ । दुवै खेलमा बराबरीको खेल भएपछि आईपीएलको नियम अनुसार सुपर ओभरको खेल भएको हो ।

आइतबार भएको पहिलो सुपर ओभरको खेलमा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्यो । 

एकै खेलमा दोहोरो सुपरओभर 

आइतबारनै भएको मुम्बई इन्डीएन्स र किंग्स इलाभेन पन्जावबीच एकै खेलमा दुई पटक सुपर ओभर खेल भएको छ ।

जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रननै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । 


मुम्बई र पन्जाबबीच भएको पहिलो सुपर ओभर खेलमा पन्जाबले २ विकेट गुमाएर ५ रन जोडेको थियो । पहिलो सुपर ओभरमा पहिलो ब्याटिङ गरेका पन्जाबका केएल राहुलले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा जसप्रित बुमराहले निकोलस पुरनलाई क्याच आउट गराए । त्यसपछि दुई बलमा राहुल र दीपक हुडाले १-१ रन जोडे । पाँचौ बलमा राहुलले २ रन जोडे । अन्तिम बलमा राहुल एलबीडब्लु आउट भएपछि पन्जाब मात्र ५ रनमा समेटियो । 

जवाफमा ६ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि क्विन्टन डीककले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा रोहित शर्माले पनि एक रन मात्नै जोडे । तेस्रो बलमा मोहमद शामीले एक रन दिँदा चौथो बलमा भने रोहित शर्माले रन निकाल्न सकेनन् । पाँचौ बलमा रोहितले १ रन मात्र लिए । अन्तिम बलमा दोस्रो रन लिने क्रममा डीकक रन आउट भएपछि खेल पुन: बराबरीमा गयो । फेरी खेलमा अर्को सुपरओभर भयो ।  

दोस्रो सुपर ओभरका लागि मुम्बईले हार्दिक पान्ड्या र काइरान पोलार्डलाई पहिले ब्याटिङमा पठायो । पन्जाबले क्रिस जोर्डनलाई बलिङ गर्न पठायो । जोर्डनको पहिलो बलमा पोलार्डले सिंगल लिए । त्यसपछि वाइड फ्याँकेका जोर्डनले दोस्रो बलमा पनि १ रन मात्र दिए । तेस्रो बलमा पोलार्डले चौका प्रहार गरे ।

चौथो बलमा पोलार्डले दोस्रो रन लिने क्रममा हार्दिक पाण्डे रनआउट हुन पुगे । पाँचौ बलमा पोलार्डलाई अम्पायरले कट बिहाइन्ड दिएपनि रिभ्यु लिँदै निर्णय उल्टाए । अन्तिम बलमा पन्जाबका मयंक अग्रवालले पोलार्डको बलिङलाई बाउन्ड्रीमा फिल्डिङ गरेपछि ६ रन हुने अवस्थामा मयंक अग्रवाले आकर्षक फिल्डीङ गरि २ रनमात्र बनाउन दिए ।

जवाफमा दोस्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पछ्याउने क्रममा क्रिस गेलले पहिलो बलमै ट्रेन्ट बोल्टलाई छक्का प्रहार गरे । दोस्रो बलमा गेलले १ रन जोडे । तेस्रो बलमा मयंकले चौका प्रहार गरे । चौथो बलमा पनि मयंकले चौका प्रहार गर्दै पन्जाबलाई जित दिलाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!