आईपीएल सिजन १३ मा रोमान्चक सुपर ओभर, दिल्ली क्यापिटल बिजयी

Posted on: 21 Sep, 2020

असोज ४, काठमाडौँ | आईपीएलको १३ औं सीजनको दोश्रो खेल किंग्स इलेवन पन्जाब र दिल्ली क्यापिटल्स बीचको खेलमा  ड्रॉ हो गया है। 

टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीले पन्जाबलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दिल्लीको सुरुवाती खेल खराव रह्यो । खेलमा दिल्लीको टीमले १३ रनमै ३ विकेट गुमाएको थियो । त्यसपछि ऋषभ पन्त (31) र कप्तान श्रेयस अय्यर (39) ले पारी सम्हालडाई चौथो विकेटको लागि ७३ रनको साझेदारी गरे । अन्त्यमा मार्कस स्टोइनिसले २१ बलमै ५३ रनको पारी खेलेर दिल्लीलाई ८ विकेटमा १५७ रनसम्म पुर्याएका थिए । 


जवाफमा पन्जाबले ८ विकेटको खेलमा १५७ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा पन्जाबलाई जितको लागि एक रन चाहिएको थियो, जसलाई पन्जाबले बनाउन सकेन । पन्जाबका मंयक अग्रवालले ६० बलमा ८९ रनको पारी खेल्दै पन्जाबको खराव खेललाई दिल्लीसँगको लक्षित टक्करमा पुर्याएका थिए । 


तर खेलको अन्तिम ओभरमा पन्जाबले पारी सम्हाल्न सकेन । दुबई इंटरनेशनल स्टेडियममा खेलिएको खेलमा अन्तिम ओभरमा पन्जाबलाई जितको लागि १३ रनको आवश्यक थियो तर ५ औं र छैटौं बलमा विकेट लिएर म्याच बराबरीमा रोकियो । 

खेल सुपर ओभरमा गएपछि सुरुवातमा ब्याटिङ गर्न आएको पन्जाबले दिल्लीका बलर रवाडाको ३ बलमा २ विकेट गुमाएर  २ रन मात्र बनाएर बाहिरियो । सुपर ओभरको ३ रनको बिजयी लक्ष्य भेट्न दिल्लीलाई खासै अफ्ट्यारो भएन । ब्याटिङका क्रममा रहेका रिषभ पन्तले दुई बलमै उक्त लक्ष्य हाँशिल गर्दै दिल्लीलाई जिताउन सफल भए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!