IPL सिजन १३ को खेल तालिका जारी, यस पटक के-के छ नयाँ ? (खेल तालिका सहित)

Posted on: 06 Sep, 2020

भदौ २१, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट सिरिज आइपीएल सिजन १३ को खेल तालिका सार्वजनिक भएको छ । कोरोनाको कारण आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुनेछ । 

दर्शक विना हुने खेलमा पहिलो खेल पछिल्लो पटकको च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका बीच हुदैछ । फाइनल खेल भने १० नोभेम्बरमा हुनेछ । आईपीएलको इतिहासमा पहिलो पटक फाइनल खेल मंगलवार राखिएको छ । टूर्नामेन्टमा हरेक दिन २/२ म्याच हुनेछ । बेलुका खेल पुरानो तालिकाभन्दा आधा घण्टा अर्थात नेपाली समय अनुसार ७:१५ बजेदेखि शुरू हुनेछ । त्यस्तै दिउसोको खेल नेपाली समय अनुसार ३:१५ बजेदेखि हुनेछ ।

खेल तालिका हेर्नुहोस् 

यसपटकको आईपीएलमा कोरोना महामारीको कारण हरेक एक समूहमा २४ जना मात्र खेलाडी संगै जान सक्नेछन् । टूर्नामेन्टमा अनलिमिटेड कोरोना सब्सटिट्यूटको अनुमति दिएको छ । यानेकि टूर्नामेन्टमा कुनै खेलाडी कोरोना संक्रमित भएमा उसको ठाउँमा अर्को खेलाडी समावेश गर्न सक्नेछन् ।

सबै ६० म्याच तीन स्टेडियममा खेलिने भएको छ । खेलहरु दुबई, अबुधाबी र शारजाहमा हुनेछन । भारतमा आईपीएल ८ स्टेडियममा हुने गरेका थिए । 

यस पटक के-के छ नयाँ ?

- कोरोनाको कारण टूर्नामेन्ट दर्शकबिनै खेलाईनेछ 

- आईपीएलको हरेक ५/५ दिनमा खेलाडी र स्टाफहरुको कोरोना परीक्टेषण हुनेछ

- टूर्नामेन्टमा सबै फ्रेन्चाइज अनलिमिटेड कोरोना सब्सटिट्यूट लिन सक्लेनेछन् 

- बेलुकाको म्याच पुरानो शेड्यूलभन्दा आधा घण्घंटा पहिले हुनेछ 

- टूर्नामेन्ट १० डबल हेडर यानेकि एक दिनमा २/२ म्याच हुनेछ 

- कमेन्टेटर्सले घरमै बसेर लाइभ कमेन्ट्री गर्नेछन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!