ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख

Posted on: 05 Sep, 2020

भदौ २०, ब्रासिलिया। (रासस/एएनआई)। ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् ।

गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ । शुक्रबार मात्र यहाँ ८८८ जनाको ज्यान गएको थियो ।कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो । अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ६७ लाख मानिस संक्रमित भएका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!