राष्ट्रपतिलाई भेटेर फर्किएका प्रधानमन्त्री मन्त्रीहरूसँगको छलफलमा

Posted on: 04 Jul, 2020

असार २०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि प्रधानमन्त्री ओलीले लगत्तै मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार साँझ शीतल निवास पुगेका थिए । त्यहाँबाट फकिएपछि उनि बालुवाटारमा मन्त्रीहरुसँगको छलफलमा बसेका हुन् । 

प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारुढ नेकपाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न भनेर स्थायी कमिटी बैठकमा दबाब दिएपछि भएको छलफललाई चासोका साथ हेरिएको छ । पार्टीभीत्र राजीनामा मागिएपछि त्यसैको बिषयमा छलफल भएको हुनसक्ने अनुमान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!