संघीय संसदको बजेट अधिवेशन आजैदेखि अन्त्य

Posted on: 02 Jul, 2020

असार १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्यका लागि पठाएको पत्र संसद् सचिवालय पुगेको छ ।

संसद् सचिवालयका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७–३–१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०७७ साल असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।”

यसअघि मन्त्रिपरिषद् बैठकले आजैदेखि संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । वैशाख २६ गतेबाट संघीय संसदको बजेट अधिवेशन शुरु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!