बिहिबार विहान ओली निकट स्थायी समिति सदस्यसँग प्रचण्डको वैठक

Posted on: 02 Jul, 2020

असार १८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुलाई बोलाएर छलफल गरिरहेका छन् । आफ्नै निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ ।

उक्त छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी रहेका छन् । उक्त छलफलमा प्रचण्डपक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि सहभागी छन् । 

बुधबार प्रचण्ड र नेपाल पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए । उता बुधबारनै ओली पक्षको छुट्टै भेला भएको थियो । 

बिहिबारनै नेकपा वैठक हुँदैछ । प्रचण्ड-नेपाल सहित ३१ स्थायी कमिटि सदस्यले बुधबार गरेको निर्णय अनुसारनै ओली पक्षका नेताहरुलाई प्रचण्डले बिहिबार बिहान भेलाको लागि बोलाएको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!