कोरोना प्रभावित देशमा रहेका नेपाली अप्रिल १५ सम्म घर आउन नपाउने,यस्ता छन् सरकारका निर्णयहरु

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौँ | विश्वव्यापी रुपामा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) बाट बच्नका लागि सरकारले गरेका निर्णयहरु सार्वजनिक गरेको छ | बुधबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्य समितिले गरेका निर्णयहरु सार्वजनिक गरिएको हो |

सरकारले कोरोनाभाइरस संक्रमणभइ उपचार गर्नुपरेमा त्यस्ता विरामीहरुलाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयले तोकेको सरकारी,सामुदायिक तथा निजि अस्पतालहरुबाट उपचार गराउने व्यवस्था गराउने भएको छ |

त्यस्तै सरकारले सिनेमाहल,सांस्कृतिक केन्द्रहरु,रंगशाला,खेलस्थल,जिम,हेल्थ क्लब,म्युजियम,स्विमिङ पुल,मनोरंजल स्थलहरु, डान्सबार तथा क्लबहरुलाई अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ | 

सो कुरा भए, नभएको हेर्नका लागि गृह मन्त्रालय,सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालय,सूचना प्रविधि तथा संचार मन्त्रालयले अनुगमन गर्ने छन् | सरकारले आवश्यक कामबाहेक आवत-जावत,हिड्डुल नगर्न सुझाव दिएको छ | सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढीको भेला नगर्न सुझाव दिएको छ | सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न यातायात व्यवसायीहरुलाई भनेको छ |

सरकारले कोरोना प्रभावित सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको छ | ति मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको हो |

उक्त निर्णयको दश नम्बर बुंदामा भनिएको छ,‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ 

|त्यस्तै समितिले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ | भोलीबाट संचालन हुने एसइई परिक्षा भने नरोकिने बताइएको छ | समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै केन्द्रहरूमा हेल्थ डेस्क स्थापना गर्न समेत निर्देशन दिएको छ | 

यस्ता छन सरकारका १५ निर्णयहरु हेर्नुहोस


यस बिषयमा तपाइको प्रतिक्रिया...!