अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको आग्रह

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौं | सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ | विश्व्यापीरुपमा फैलिदैगएको कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले उक्त निर्णय गरेको हो |

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न भनेको छ | त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ |

सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ | गत डिसेम्बरमा चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले विश्वका १ सय ६६  भन्दा बढी देशहरुमा फैलिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!