यसरी हुँदै छ सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौं | विश्व्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस बिरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच अहिले संयुक्त भिडियो कन्फरेन्स जारी रहेको छ | उक्त संवाद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको हो |


कन्फरेन्समा सार्क राष्ट्र आठ देशका कार्यकारी प्रमुख सहभागी छन्। भिडियो संवादको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री मोदीले भर्खरै मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएका नेपालका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वास्थ्य लाभको कामना गरेका छन् |

'भर्खरै अप्रेशन गरेर आउनु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजी यो भिडियो संवादमा सहभागी हुन आउनु भएकोमा धेरै धेरै धन्यवाद ', सम्बोधनको सुरुमै मोदीले भने, 'हामी सबैकोतर्फबाट उहाँको स्वास्थ्य चाँडो भन्दा चाँडो पूर्ण ठीक होस् भन्‍ने कामना गर्दछु।'

मोदीले त्यसपछि अफगानिस्तानका नवनियुक्त राष्ट्रपति असरफ घानीलाई स्वागत गरेका छन् | मोदीले सम्बोधनका क्रममा सार्क राष्ट्रहरुबीच उस्तै उस्तै चुनौती रहेको बताएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!