मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद अबरुद्ध गर्ने

Posted on: 20 Feb, 2020

फाागुन ८, काठमाडौं | सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाको राजिनामा माग गर्दै काँग्रेसले संसद अबरुद्ध गर्ने भएको छ | मन्त्री  बाँस्कोटाले सेक्युरिटी  प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेको भन्दै कांग्रेस बर्खास्तको माग गरेको हो |

प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग मन्त्री  बाँस्कोटाले गरेको कुराकानी अडियो क्लिप यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ | उनलाई बर्खास्त गर्न माग गर्दै बिहिबार बस्ने संसद बैठक अबरुद्ध गर्ने काँग्रेसको तयारी छ |

राष्ट्रियसभामा पनि कांग्रेसले अवरोध गरेको छ | बिहिबार अडियो सार्वजनिक भएपछि कांग्रेसले विज्ञप्ति जारी गर्दै तत्काल मन्त्री पदबाट बर्खास्त गरी निस्पक्ष छानबिन गर्न माग गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!