सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न काँग्रेसको माग

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौँ | सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ |

बिहिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् | ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ |

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएको उनले बताए | सञ्चार मन्त्रीले कमिसनका लागि बागेर्निङ गरेको अडियो सार्वजनिक भएपछि त्यो अनुमान बलियो ढङ्गले प्रमाणित भएको काँग्रेसको ठहर छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!