प्रधानमन्त्रीद्वारा सभामुख सापकोटालाई बधाई

Posted on: 28 Jan, 2020

माघ १२, काठमाडौँ | नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् | मंगलबार बसेको प्रतिनिधिसभा संसदमा बोल्दै ओलीले नियमसंगत रुपमा  संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुखलाई सुभकामना दिएका हुन् |

सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक रहेको बताउंदै विधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्यादित ढंगले संसद अघि बढ्ने विश्वास व्यक्त गरे | ओलीले भने,‘सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहन्छ |’

४ महिना देखि सभामुख बिहिन भएको संसदले सापकोटालाई पाए संगै मंगलबार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!