नेकपाका नेताहरुको प्रचण्ड निवासमा छलफल

Posted on: 08 Dec, 2019

मंसिर २२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खुमलटारमा नेताहरूसँग छलफल गरेका छ | उनले सोमबार डाकिएको सचिवालय बैठकका एजेण्डाबारे नेताहरु सँग छलफल गरेका हुन् | 

नेकपाका नेताहरु बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास पुगेका छन् | विभागमा सदस्यहरू नियुक्त गरेर पूर्ण बनाउने बारे छलफल भएको नेता देवेन्द्र पौडेलले बताए |

नेकपाको सचिवालय बैठेक सोमबार बस्दै छ | मंसिर ५ गते कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक बोलाउन थालेका हुन् | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को  स्थायी समिति बैठक झन्डै एक वर्ष यता बसेको छैन | कपाको अन्तरिम विधानमा तीन-तीन महिनामा स्थायी समितिको बैठक बस्नु पर्ने प्रावधान भएपनि गत वर्ष पुसपछि स्थायी समिति बैठक बस्न सकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!