अर्थमन्त्री सहित डेढ दर्जन सांसदको पद सकिन २ महिना बाँकी

Posted on: 06 Dec, 2019

मंसिर २०, काठमाडौँ | राष्ट्रिय सभामा पहिलो दुई वर्षको कार्यकाल आगामी फागुन २० गते पूरा हुँदैछ जस अनुसार अर्थमन्त्री डा. युवराज खतिवडालगायत डेढ दर्जन सांसद्को पद सकिने भएको छ |

राष्ट्रिय सभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पूरा हुन दुई महिना मात्र बाँकी छ |

दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना सदस्य छन् | रिक्त हुने १९ पदमा १८ वटाको निर्वाचन हुनेछ भने एकजना राष्ट्रपतिले मनोनित गर्नुपर्ने भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!