कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाडौँ | नेपाली काँग्रेसले मंसिर २६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ | 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन कांग्रेसको आग्रह छ |

पार्टीका रिक्त विभागलाई पूर्णता र भातृ संस्थालाई नेतृत्व दिने,उपनिर्वाचन समीक्षाका बिषयमा छलफल हुने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!