प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक,के-के बिषयमा छलफल हुदैछ ?

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाडौं | नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु भएको छ |  ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाए संगै पहिलो पटक सचिवालय बैठक बसेको हो |

प्रचण्डले मंसिर ४ गते  कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी पाएका थिए | सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुने नेताहरुले बताएका छन् |

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, उपनिर्वाचनको समीक्षालगायतका विषयमा पनि छलफल हुने बताइएको को छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!