नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय गठन गरेको छ | बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई चयन गरेको हो |

 केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए | लेखा परीक्षण आयोग अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन गरिएको छ |

त्यस्तै केन्द्रीय सल्लाहकार कमिटी अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई जिम्मेवारी दिइएको,जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली रहेको श्रेष्ठले बताए। ‘बाँकी सांगठानिक विषय पछि बस्ने सचिवालय बैठकले टुंग्याउँछ,’ उनले भने |

यस बिषयमा तपाइको प्रतिक्रिया...!