सभापति देउवाको प्रश्न : जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ?

Posted on: 19 Sep, 2019

असोज २,  काठमाडौँ | बिहिबार बसेको प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपालि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कर्मचारी माथि प्रश्न गरेका छन् | जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ? उनले भने, "सरकारले संबैधानिक अंगहरुलाई आफ्नो नियन्त्रणमा राखेको छ |

सरकारले राजनीतिक आस्थाका आधारमा पत्रकारहरुलाई नियन्त्रण गरेंको उल्लेख गर्दै  नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई सरकार नियन्त्रण गरेको बताउदै, के यसकै लागि हो हामीले २००७ साल दखि लडेको ? के यसकै लागि हो हामीले राजतन्त्र फालेको ? पंचायत फालेको ? जनताको करबाट तलब खाने काम पार्टीको गर्ने यो हाम्रा लागि मान्य छैन" | उनले भने | 

"महंगीले जनताका आधारभूत आवश्यकताका पुरागर्न पनि अप्ठ्यारो  भएको भन्दै आफ्ना काम कारबाहीमा सरकारले सुधार गर्नुपर्ने उनले बताए | देश र जनताको हित बिपरित दुइ तिहाइको दम्भमा गरीने कार्य स्वीकार्य छैन | भारतसंग कुटनीतिक पहल गरेर सरकारले नेपालका दक्षिण क्षेत्रमा बाधिएका बाधबारेमा पहल गर्न सकेको छैन | उनले भने |" त्यस्तै अन्त्यमा संबिधान दिवस र आउदै गरेको दशैँ, तिहार, छठ पर्वको शुभकामंना सम्पूर्ण नेपालीलाई दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!